FAQs Complain Problems

स्वदेश फर्कने नेपालीकाे व्यवस्थापनमा सरकारकाे रणनीतिक याेजना

आकस्मिक दम्कल सेवा

 डिल बहादुर खत्री(चालक) 9847252124, डिल्ली प्रसाद अधिकारी (सहयाेगी) 9867794236

विविध विषयमा कलम चलाईरहने लेखक टेकराज पन्थी वर्तमान समयले मागेको विषयमा दिशानिर्देश दिने प्रयत्न गरिरहन्छन् । उनका लेख तुलनात्मक रुपमा धेरै आईरहने भएपनि यसअघिको लकडाउनका मोडलहरुबारे चर्चा गरिएको लेखले निकै चर्चा पायो । नीति निर्माताहरुबीच पनि त्यसले राम्रै बहस चलायो । यतिबेला बाध्यताबस मुलुक बाहिरिएकाहरु अब नेपालमै रहने गरी आउँदैछन् भन्ने खबर धेरै सुनियो, पढियो । तर, उनीहरुको व्यवस्थापनका विषयमा ठोक योजना र कार्यक्रम आवश्यक पर्छ भन्दै लेखक टेकराज पन्थीले यो आलेख तयार पार्नुभएको हो । – सम्पादक

विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट देश र विश्वलाइ सुरक्षित गराउनु हामी सवैको दायित्व हो । यसबाट सुरक्षित हुन अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै सरल उपाय हो । त्यसैले भीडभाडमा नजाने, जरूरी काम नभै घर बाहिर ननिस्किने, सामाजिक दुरीको पालना गर्ने, स्वास्थ्य सुरक्षा अप्नाउने र लकडाउनलाई सकृय रूपमा लागू गर्न सके संक्रमणबाट जोगिन सकिन्छ ।

नेपालको स्वास्थ्य क्षेत्रको अवस्था

सन् २०१९ को अन्त्यसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका MBBS Doctor को संख्या २३१४६ जना, BDS Doctor को संख्या ३२०० जना, Specialist हरूमा MD/MS Doctor को संख्या ७१८५ जना, MDS Doctor को संख्या ५७३ रहेको छ । यसैगरि नेपाल नर्सिङ काउन्सिलमा २० मार्च, २०२० सम्म दर्ता भएका Nurses को संख्या ६०७९५ जना, ANM को संख्या ३३७२४ जना र Foreign Nurses को संख्या ८४४ जना गरी कुल ९५,३६३ जना रहेका छन् ।

नेपालमा सरकारी, सामुदायिक, निजि र मिसन समेत गरी करिव  अस्पतालको संख्या करिव ६०० रहेको  र अस्पतालको बेड संख्या २६९३० वटा रहेका छन् । नेपालभर Covid-19 को संक्रमित बिरामीलाई उपचार गर्न भनेर ३०७६ वटा Isolation,  यसमा Covid-19 Level,3 अस्पताल ३ वटा, Covid-19 Level,2 अस्पताल १२ वटा, Covid-19 Level,1 अस्पताल १३ वटा संख्यामा रहेका छन्, कोभिड ल्किनिकयुक्त अस्पताल १११ वटा, ICU युक्त अस्पताल १९४, भेन्टीलेट ८४० र ICU १५९५ वटा रहेको तथ्याङ्कबाट देखिन्छ ।

विद्धमान परिस्थिति

देशभर आजसम्म सञ्चालनमा रहेका आज जेठ १० गतेसम्मको तथ्याङ्क अनुसार Quarantine मा  ३२५८७ जना रहेकोमा सवै भन्दा धेरै प्रदेश नं.५ मा मात्र १७१३० जना रहेका छन्। Isolation मा ५०८ जना, PCR Test ४५९५७, RDT परीक्षण ८६२३५, कोरोना संक्रमित ५८४ जना, निको भएका ७० जना, मृत्यु भएका ३ जना रहेको छ ।

दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । नेपाल सरकारले अत्यावश्यक सामाग्रीको ढुवानीको बाहेक मानिस आवतजावतका लागि अन्तराष्ट्रिय सीमा बन्द गरी नेपाल राज्यभर लकडाउनको अवस्था छ । नेपाल सरकारले समयमा लकडाउन नगरेको भए अज भयावह स्थिति आउने थियो । त्यसैले लकडाउन कोरोना भाईरस फैलिन नदिने एउटा महत्वपूर्ण कडी हो ।

नेपाल आउन चाहने नेपालीहरू सीमानामा अलपत्र परेका र वैधानिकबाटो बाट नेपाल प्रवेश गर्न नमिल्ने भएकोले खुला सीमाका कारण भारतबाट लुकिछिपी अवैध बाटोबाट नेपाल प्रवेश गरिरहेका छन् । जसले गर्दा सीमानामा प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्न नसकेको अवस्थामा संक्रमण फैलिने वातावरण प्रवल हुन्छ । त्यसकारण नेपाल सरकारले सीमाना र विदेशमा छटपटाईरहेका नेपाली नागरिकका बारेमा ठोस योजना बनाउन ढिला गर्नु हुदैन । यसका लागि विज्ञ एवं वौद्धिक सहायता र सहयोग पनि लिन पछि पर्नु हुदैन । सवै राजनीतिक दलहरू, सामाजिक रवौद्धिक वर्गले नेपाल सरकारलाई भरपूर सहयोग गर्न आवश्यक छ । कर्मचारीहरूले सूचना तथा मानवीय सहयोगको पक्षमा जुट्नु जरूरी छ ।

नेपाल सरकारले अहिले बि.सं. २०७६ चैत्र ११ गते देखि २०७७ जेठ २० सम्म कायम रहने गरी कोरोना भाइरस संक्रमणको महामारी नफैलियोस् भनेर सतर्कताका लागि लकडाउन लागू गरेको अवस्था छ र अवस्थाको विश्लेषण गरेर लकडाउनको समय विस्तार हुन सक्छ । दिनानुदिन कोरोना संक्रमितको संख्या तिव्ररूपमा बढिरहेको छ । सीमानाकामा आइ क्वारेन्टाइनमा बसेकाहरु समेत विगत सात हप्तादेखि सीमानाका मै अलपत्र परेको अवस्था छ । यसरी वैकल्पिक बाटोबाट स्वदेश प्रवेश गरेका व्यक्तिको स्वास्थ्य परीक्षण नहुने तथा गाउँशहरमा लुकीछिपी रहने कारणबाट सङ्क्रामक रोगको जोखिम बढ्ने सम्भावना देखिएको छ।

सरकारले गर्नु पर्ने अवको कार्ययोजना र रणनीति

स्थानीय तहको जिम्मेवारी

आफ्नो पालिका अन्तरगत रहेका सवै जनप्रतिनिधि र सामाजिक ब्यक्तित्वहरूसँग समन्वय गरी सवै संयन्त्र परिचालन गरेर विदेशमा रहेकाहरूको तथ्याङ्क २,३ दिनमा तयार गर्ने । तथ्याङ्कको आधारमा सवैको सहकार्य र सरोकारवालाहरूसँग समन्वय गरी आफ्ना पालिका भित्रका बिदेशबाट आउनेहरूलाई पुग्ने गरि क्वारेन्टाइनको तत्काल ब्यवस्थापन गर्ने । विदेशबाट आउनेहरूको सकभर घर नजिक पर्ने क्वारेन्टाईन हुने हुदा आफ्नो घरबाट खाना र सुत्ने कपडा सम्वन्धित ब्यक्तिबाट ब्यवस्था गर्नु पर्ने र यो ब्यवस्थालाई सरल मान्न सकिन्छ । क्वारेन्टाईनमा बस्नेलाई घरबाटै खान पुराउने ब्यवस्था गर्दा एकातिर सरकारी बजेटको अभावमा क्वारेन्टाईन सञ्चालनमा अप्ठेरो नपर्ने तथा ब्यक्तिले आफ्नो घरको खानाखान पाउने हुदा पोषिलो खानाले कोरोना संक्रमित भएपनि कोरोना भाईरसलाई परास्त गर्न सजिलो हुने देखिन्छ ।

प्रदेश सरकारको कार्य जिम्मेवारी

भारत लगायत सीमानामा अलपत्र परेका नेपालीहरूलार्इ बैधानिक बाटोबाट नेपाल प्रवेश गराई सम्वन्धित पालिकासम्म पुराउन समन्वय गर्ने संयन्त्र तत्काल खडा गरिनु पर्छ । यसरी पालिकासम्म पुराएका नेपालीहरूलाई अनिवार्य रूपमा क्वारेन्टाईनमा राख्ने ब्यवस्था गरिनु पर्दछ । क्वारेन्टाईनमा बसेकाहरूको स्वास्थ्य परीक्षण PCR विधिबाट गराउन संङ्घीय सरकारसँग प्रयाप्त KITs माग गरी ब्यवस्थापन गर्ने । प्रदेश सरकारबाट आईसोलेसन अस्पतालको ब्यवस्थापन गर्ने र Covid-19 Level 1,2 को अस्पताल सञ्चालन गर्ने । सवै पालिकासँग समन्वय गरी क्वारेन्टाईनमा बसेकाहरूको अवस्था सहितको विवरण दैनिक माग गरि प्रभावकारी अनुगमन र सहजीकरण गर्ने संयन्त्र बनाउने र तत्काल कार्यान्वयन गर्ने ।

नेपाल सरकारको रणनीति

नेपाल सरकारले नेपाल भित्र रहेका संक्रमित संख्या र अवस्था, विदेशबाट आउन चाहेका र नेपाल भित्र आईसकेकाहरूको तथ्याङ्कलाई आधार लिई तत्काल स्वास्थ्य सामाग्री र परीक्षण किटको प्रयाप्त ब्यवस्था गरिनुपर्ने । भिसाको म्याद सकिएकाहरू र विद्धार्थीहरूलाई पहिलो चरणमा सुरक्षितसाथ नेपाल ल्याउने कुटनीतिक पहल परराष्ट्र मन्त्रालयले गर्ने, विदेशमा बसेकाहरूको देशको अवस्था र परिस्थितिलाई विश्लेषण गरि विदेशमा रहेका नेपालीलाई दोस्रो चरणमा सुरक्षितसाथ नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले कुटनितिक पहल गर्ने गरी कार्ययोजना समेत बनाउनु पर्दछ । अन्तराष्ट्रिय उडानबाट नेपालीलाई ल्याउने कार्यमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत सहजीकरण गर्न जिम्मेवारी तोक्ने । यसरी नेपाल ल्याउनुपूर्व नै कुन कुन क्वारेन्टाईनमा राख्ने भन्ने पूर्व तयारी साथ रणनीतिक योजना बनाउनुपर्दछ । साथै रेडजोन , एलोजोन र ग्रीनजोनको मार्किङ्ग गरी क्रमश ग्रीनजोनबाट आर्थिक गतिविधिहरू सञ्चालन गर्दै जाने ब्यवस्था पनि गर्नु पर्दछ ।

नेपाल सरकारले Covid-19 Level,1 अस्पताल सञ्चालन गर्ने, संङ्घीय सरकारका कर्मचारीहरूलाई केहि समय संक्रमण नियन्त्रणका लागि केन्द्रित गरी Medicine, Health Material आदि ब्यवस्थापन र उपलब्ध गराउने कार्यमा प्रशासनिक कर्मचारी खटाउने, आइसोलेसन अस्पतालका पूर्वाधार निर्माणमा प्राविधिक कर्मचारी खटाउने, आधिकारिक ट्रेड यूनियनका पदाधिकारीलाई विदेशबाट आउने ब्यक्तिहरूलाई सम्वन्धित पालिकाहरूसँग सम्पर्क र समन्वय गरि आफ्नो पालिकाको क्वारेन्टाईनमा लैजान सम्वन्धित पालिकालाई बुझाउने कार्यको जिम्मेवारी दिने, स्वास्थ्य संस्थामा कार्यरत (निजि तथा सरकारी) सवै जनशक्तिलाई कम्तिमा ३ महिना कोरोनाको नियन्त्रण र उपचारमा खटाउने । त्यस्तो कार्य गर्दा अप्ठेरो पर्ने कानुनी समस्या भए बाझिएका एन,कानुन केहि समय निलम्बन समेत गर्न सरकार पछि नपर्ने, Medical Equipment, Medicine, PCR Kits लगायतका स्वास्थ्य सामाग्री खरिद तथा आपूर्ति गर्न विभिन्न आयोजना, अनावश्यक सुविधा, विविध खर्च लगायतको बजेटलाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रयोग गरि प्रयाप्त मात्रामा स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गर्न सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको सचिवको नेतृत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयका कम्तिमा सहसचिव सहितको खरिद तथा ब्यवस्थापन समितिको ब्यवस्थापन गरि Fast Track बाट स्वास्थ्य सामाग्री खरिद गर्न अवधि तोकेर कार्य जिम्मेवारी दिने । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक र जरूरी जनशक्ति तत्काल ब्यवस्थापन गर्न जिम्मेवारी तोक्ने । क्वारेन्टाइन सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी, विदेशबाट नेपाल आउने नेपालीहरूको क्वारेन्टाईनसम्म पुराउने प्रबन्धका लागि शशस्त्र प्रहरी बल, आईसोलेसन अस्पतालको सुरक्षा र अन्तराष्ट्रिय उडानबाट आउने नेपालीहरूका लागि उपत्यकाभित्र क्वारेन्टाइनसम्म प्रबन्ध गर्ने तथा Covid-19 को संक्रमणबाट मृत्यु भएकाहरूको Death Body को ब्यवस्थापन गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई नेपाली सेनालाई कार्य जिम्मेवारी दिने । Death Body को ब्यवस्थापन गर्ने स्थानलाई सरकारले नितिगत रूपमा पहिले नै स्थान तोकेर सार्वजनिक गर्नुपर्ने ।

Frontline मा काम गर्ने राष्ट्रसेवक लगायतका उपचारमा संलग्न ब्यक्तिको मनोवल उच्च गराई राख्न उचित बीमा र Incentive को ब्यवस्था गर्नुपर्दछ । सवै अस्पताल र स्वास्थ्य संस्थाहरू ( सरकारी तथा निजि) लाई कोरोना संक्रमण तथा नियन्त्रणका लागि प्रयोग गर्ने र निजि अस्पताल प्रयोग गर्दा कर छुट लगायतका अन्य सुविधा सरकारले ब्यवस्था गर्ने । सवै माननीय सांसदहरूबाट संक्रमण नियन्त्रण र उपचार कार्यमा प्रभावकारी गराउन ब्यवस्थापनमा सहजीकरण गर्ने , सञ्चारकर्मी एवं पत्रकारहरूले जनताको मनोबल उच्च बनाउने प्रकारका सूचना सम्प्रेषणमा सहयोग गर्ने । उद्धोगी तथा ब्यापारीहरू सवैले अत्यावश्यक सामाग्रीको उचित र सरल माध्यमबाट सामाग्रीको ब्यवस्थापन गर्ने जिम्मेवारी दिनु पर्दछ ।

अन्त्यमा

जिवन रहेमा धन सम्पत्ती र आर्थिक विकास गर्न सकिन्छ । त्यसैले सवै एकजुट भै आआफ्नो जिम्मेवारीलाई भित्रैमन देखि उप्रेरित भएर पुरा गर्न सकेमा कोरोनालाई परास्त गर्न सकिन्छ । कुनै एक ब्यक्ति, संस्था वा सरकारले मात्र एक्लै कोरोनाको महामारी नियन्त्रण गर्न संभव छैन । सवैले आआफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न सकेमा यो विश्वब्यापी भएको कोरोना भाईरसको महामारीबाट आफु पनि बच्न सकिन्छ र अरूलाई पनि बचाउन सकिन्छ । त्यसैले हामी सवै आआफ्नो क्षेत्रबाट अहिलेको परिस्थितिलाई सामना गर्न सहयोग गरोउ। सकारात्मक सोचका साथ सवै पक्षबाट सहयोग हुने छ भन्ने अपेक्षा र विश्वास गरेको छु ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिका, रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

लेख प्रकाशित मिति २०७७। ०२। १२ गतेhttps://www.mayorkhabar.com/?p=7867&fbclid=IwAR24vo9u6tS5jNtmPYUpgKpad_dmszjS5CP_03rqAmayFE6fm8rkFC-qn2A