FAQs Complain Problems

सैनामैना नगरपालिकाका प्रमुख श्री चित्र बहादुर कार्की द्वारा पाँचौं नगर सभा आ.व. ०७६/०७७ को लागि प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम

सैनामैना नगरपालिकाको आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम
निति तथा कार्यक्रम आज प्रस्तुत भएको छ ।
     सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले ६८ बुदे निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सुसँस्कृत, समृद्ध नगर सैनामैनाको आधार भन्ने नारालाई साकार पार्नका लागि  नीति तथा कार्यक्रमहरु आधारको रुपमा रहने मेयर कार्कीले बताउनु भयो । निति तथा कार्यक्रममा उत्कृष्ट कर दाता ,नगरका बिद्यालय तथा कर्माचारी सम्मानित भएका छन । कर दाताको तर्फबाट सैनामैना ३ पबित्रा थापा ,सैनामैना ३ की प्रमिला भट्टराई र सैनामैना १ की दणु घर्ति सम्मानित भएका हुन । सैनामैनाका सामुदायिक बिद्यालयका ५ जना शिक्षकहरुलाई सम्मानित गरिएको थियो । श्री परोहा मा.वि.का धन बहादुर राना ,पशुपति मा.वि.का हेमावती थापा, सैनामैना मा.वि. का हरिराम पौडेल,जनचेतना मा.वि.का केशवराज अर्याल,कालिका मा.वि. का बाबुराम बस्याल लाई नगद २५ हजार नगद प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै सैनामैना भित्रको उत्कृष्ट हुन सफल बिद्यालय रामापुर मा.वि.लाई नगद ५ लाख अनुदान सहित सम्मनित गरेको छ  ।
त्यस्तै सैनामैना नगरपालिकाका ३ जना कर्माचारीलाई नगरसभामा सम्मानित गरिएको थियो । सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी ,अधिकृत सन्त कुमार चौधरी र अमिन नरेन्द्र प्रकाश ओलीलाई नगद २५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।