समाचार
सैनामैना न पा पशु विकास शाखाकाे सूचना
सैनामैना नगरपालिकाको संक्षिप्त परिचय ।
“सैनामैना समृद्धिको आधार: उत्पादन, पर्यटन र पूर्वाधार”
सैनामैना नगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको उत्तर-पश्चिम भागमा अवस्थित छ। यस नगरपालिकाको कुल क्षेत्रफल १६२.१८ वर्ग किलोमिटर छ। विश्व शान्तिको अग्रदूत तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट लगभग १५ किलोमिटर टाढा मनोरम चुरे पहाडको फेदमा अवस्थित सैनामैना नगरपालिका छ। पूर्वमा बुटवल उपमहानगरपालिका, पश्चिममा बाडगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका, उत्तरमा सितगंगा नगरपालिका, अर्घाखाँची, रैनादेवी, छहरा र तिनाउ गाउँपालिका र दक्षिणमा शुद्धोधन, कञ्चन, गैडहवा गाउँपालिकाले घेरिएको छ। २०७८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या ७८,३९३ छ जसमा पुरुष जनसंख्या ३६,४४१ र महिला जनसंख्या ४१,९५२ छ र जनसंख्या घनत्व प्रति वर्ग किलोमिटर ४८३ छ। २०७८ मा रूपन्देही जिल्लाको कुल जनसंख्या १,१२१,९५७ (CBS २०७८) छ। २०६८ देखि २०७८ सम्म, सैनामैना नगरपालिकाको कुल जनसंख्या ४.४४% को जनसंख्या वृद्धि दरमा ५५,८२२ बाट बढेर ७८,३९३ पुगेको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसारको विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस ।


