सैनामैना नगरपालिकाको संक्षिप्त परिचय

दीर्घकालिन कृर्षी पर्यटन उद्याेग र ब्यापार वातावरणमैत्री अवस्था समृद्धिकाे अाधार सैनामैना नगरपालिका ।
सैनामैना नगरपालिका लुम्बिनी अंचलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गा.वि.स., उत्तरमा पाल्पा जिल्लाको कचल र बल्डेङगढी गा.वि.स., दक्षिणमा खडवा वनगाई, गजेडी र सुर्यपुरा गा.वि.स. यी चार किल्ला भित्र अवस्थित पर्रोहा र दुधराक्ष २ गा.बि.स. को मिलनबाट बनेको नगरपालिका हो । पूर्व बनकट्टा देखि पश्चिम वनकट्टीसम्म करिब १२ कि.मी. पूर्व पश्चिम लोकमार्गको भाग यस नगरपालिकामा पर्दछ । हाल यस नगरपालिकामा १२ वटा वडा रहेका छन् । ११६.२ बर्ग कि.मि क्षेत्रफल, २०६८ को जनगणना अनुसार जनसंख्या ४५१७८ तथा जन घनत्व ३८९ प्रति बर्ग कि.मि छ । तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसंख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रुपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् । २ सरकारी तथा १ निजी गरी ३ क्याम्पस, सरकारी तथा निजि स्तरका उच्च मा.बि, मा.वि, नि.मा.वि र प्रा.वि गरी ३२ शिक्षण संस्थाहरु रहेका छन् । सरकारी निकायहरुमा नगरपालिका, इलाका प्रहरी कार्यालय, इलाका हुलाक कार्यालय, कृषि सेवाकेन्द्र पशु सेवाकेन्द्र, ईलाका वन कार्यालय, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी, कृषि विकास बैंक लगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु तथा थुपै्र गैर सरकारी संस्थाहरु रहेका छन् ।

जन प्रतिनिधि विहिन वर्तमान अवस्थामा यहाँका राजनीतिक दलहरु बीचको विकास प्रतिको एक्यवद्धता आम नागरिकहरु तथा सरोकारवालाको विकास प्रेमी भावनाका कारण स्थानीय निकाय संचालन गर्न सहजता भएको छ । यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै छन् । कृषि, उद्योग–ब्यापार, पर्यटनलाई यहाँका नागरिकको आम्दानीको स्रोत बनाउन सकिन्छ । खुला दिसा मुक्त तथा पूर्ण खोप युक्त नगरपालिका धोषणा भै सकेको यो नगरपालिका अव पूर्ण साक्षर युक्त नगरपालिका तर्फ लम्की रहेको छ ।