सैनामैनाको आर्थिक वर्ष २०७५/२०७६ लाई “समृद्धिको इतिहास रच्ने आधार वर्ष” बनाउने गरी नगरपालिकाले आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आधार, अनुभव र चुनौतीपूर्ण वर्षको रुपमा लिदै नगर प्रमुख चित्र बहादुर कार्की ज्यूले आईतबार बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर गुरुयोजना तर्जुमा गरी नगरको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु निर्धारण गर्दै काम गर्ने लक्ष लिएको बताउनु भएको हो ।